काठमाडौं, ३ चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शड्ढया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएका छन्।
राष्ट्रियसभा बैठकमा आइतबार स्वास्थ्यमन्त्रीले सम्भावित जोखिमलाई ध्यान दिई उपत्यकाभित्र १ सय २० र उपत्यकाबाहिर १ सय १५ वटा शड्ढया तयार पार्ने निर्णय भएको बताए। हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १ सय ७० वटा सघन उपचार शड्ढया छन् भने सम्भावित कोरोना संक्रमितको उपचार गर्न १ सय ५५ वटा आइसोलेटेड शड्ढया तयार पारिएका छन्।
मन्त्री ढकालले कोरोना उपचारका लागि काठमाडौं उपत्यकामा तीनवटा अस्पताल छुट्याइएको बताए। कोरोना प्रवेश भइहाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा त्यसबाट संक्रमितको मात्र उपचार गर्ने व्यवस्था मिलाइने र वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी रहेको उनले बताए।
छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण देखिएकाले नेपालमा जोखिम बढेको उनले स्पष्ट पारे। देशबाहिर जाने १ सय २९ नाकामध्ये ४३ नाकामा स्वास्थ्य विन्दु राखिएको उनले बताए।
भारतको चारवटा नाकाबाट नेपाल प्रवेश गर्ने व्यवस्था गरिएको उनले बताए। औषधिको जोहो गर्ने कार्यमा सरकार लागेको, छिमेकी मुलुकसँग जोडिएका १ सय २८ स्थानीय तहलाई कडा सावधानी अपनाउन २१ बुँदे निर्देशन जारी गरेको, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिएको समेत उनले जानकारी दिए।
त्रिभुवन विमानस्थल भएर आउनेमध्ये कोरोना संक्रमण धेरै भएका देश हुँदै आउनेलाई १४ दिन अनिवार्य सेल्फ वा होम क्वारेन्टाइनमा बस्न भनिएको स्वास्थ्यमन्त्रीले जानकारी दिए।
होम क्वारेन्टाइनमा बस्दा सुक्खा खोकी, ज्वरोलगायतका लक्षण देखिए अस्पताल लैजाने उनले बाए। रिपोर्ट पोजेटिभ आए सम्पूर्ण उपचारको जिम्मा राज्यले लिने उनले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया