
काठमाडौँ, २ चैत । भारतीय प्रधानमन्त्री मोदीले कोरोना संक्रमणको सामना गर्न एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
सार्क देशका राष्ट्र प्रमुखहरुसँग भिडिओ कन्फेरेन्सको क्रममा पहिलो पटक सम्बोधन गर्दै उनले सार्कमा १५० भन्दा कम केस देखिएको उल्लेख गर्दै भारतले कोरोनासम्बन्धी जागरुता अभियान चलाइरहेको जानकारी दिए ।
त्यस्तै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेकाले निकै सतर्कतापूर्वक यसविरुद्ध अभियान चाल्नुपर्ने मोदीले बताए ।
उनले जनवरीदेखि नै भारतले स्क्रिनिङ्ग गरिरहेको बताउँदै उनले छिमेकी देशका नागरिकलाई पनि उद्धार गरिएको बताए ।
भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा तथा श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे सहभागी भएका छन् ।















प्रतिक्रिया