सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

स्पेनका प्रधानमन्त्री पत्नीलाई कोरोना संक्रमणको पुष्टि

दैनिक नेपाल २०७६ चैत २ गते १७:०१

काठमाडौँ, २ चैत । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  त्यहाँको प्रधानमन्त्री कार्यालयले शनिबार यसको जानकारी दिएको हो ।

देशव्यापी संक्रमण फैलिएको केही घण्टामै प्रधानमन्त्री पत्नी बेगोना गोमेजलाई संक्रमण देखिएको हो । हाल उनलाई आइसोलेसनमा राखिएको छ । यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी, बेलायती स्वास्थ्यमन्त्री लगायतलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

चीनको वुहानबाट २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरस अझै नियन्त्रणमा आएको छैन । विश्वभर एक लाख १३ हजार भन्दा धेरै संक्रमित हुनुका साथै ४ हजार बढीको मृत्यु भइसकेको छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित