१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसको औषधी पत्ता लागेको अन्वेषकहरुको दाबी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत ।   वैज्ञानिकहरुले कोरोना भाइरसको औषधी पत्ता लागेको दाबी गरेका छन् । हल्याण्डका वैज्ञानिकहरुले कोरोना भाइरस पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका हुन् ।

चिकित्सकहरुको समूहले पत्ता लगाएको भनिएको औषधि मानव शरीरमा भने परीक्षण गर्न बाँकी नै रहेको बताइएको छ । मानव शरीरमा तत्कालै परीक्षण थालिए पनि परिणाम आउन भने महिनौं लाग्न सक्ने बताइएको छ ।

इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुको संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट सार्स–२ को प्रतिरोधात्मक औषधि पत्ता लगाइएको दाबी गरिएको छ ।