६ कार्तिक २०८३, शुक्रबार

मस्ट वान्टेड सूचीमा रहेका शक्तिखोरका तत्कालिन कमान्डर खामलाई प्रहरी किन चिन्दैन ?

8.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । हत्या, अपहरणजस्ता मुद्दाका फरार आरोपी कालीबहादुर खामको दैनिकी काठमाडौंमा बिते पनि प्रहरीले भेट्टाउन सकेको छैन ।

गोंगबु, सुन्धारा र ठमेलका दोहोरी साँझमा रमाउने गरेका खामलाई शक्ति केन्द्रका दबाबका आधारमा नै प्रहरीले पक्राउ नगरेको बताइएको छ ।

व्यस्त देखिने काठमाडौंका विभिन्न ठाउँमा रमाइलो गरेको अवस्थामा खाम भेटिने गरेको विवरणहरू अघिल्लो साता नै सार्वजनिक भएका थिए । तैपनि प्रहरीले खाम पक्राउका लागि कुनै प्रकारको कदम नउठाएको बताइएको छ ।

खम प्रहरीको मस्ट वान्टेड सूचीमा पनि रहेका छन् । कोटेश्वरका रेस्टुरेन्ट व्यावसायी रामहरि श्रेष्ठ हत्या, डाँका–चोरी, सरकारी कागजात किर्ते र हातहतियार खरखजानालगायतका मुद्दा खाममाथि रहेको छ ।

विवरणहरूमा उल्लेख भएअनुसार उनी सामाखुशीमा बस्छन् भने स्कारपियो गाडीमा चढ्ने गरेका छन् । नेकपाको सरकार रहेका कारण पूर्वमाओवादी कमान्डर रहेका खाम सिंहदरबार आसपासमा समेत भेटिने गरेको बताइएको छ ।

पूर्वलडाकु कमान्डरहरूले १३ कात्तिकमा नर्भिक अस्पतालमा पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्ने एक सदस्य खाम समेत रहेको दाबी गरिएको छ ।

‘उनी फरार सूचीमा रहेको भन्ने जानकारीमा भए पनि हालसम्म कुनै सूचना हात लागेको छैन’, प्रहरीका उच्च अधिकारी भन्छन्,‘हाम्रो आफ्नै सूचना प्रणालीका आधारमा उनको खोजी कार्य भइरहेको छ । सतहमा आएका सूचनालाई पनि आधार बनाइएको छ ।’

चितवनको शक्तिखोरमा पूर्वलडाकुहरुको क्यान्टोनमेन्टका कमान्डर रहेका बेला खामले तस्करीको काम पनि व्यापक पारेको आरोप लागेको थियो ।