
काठमाडौँ, १ चैत । कोरोना भाइरस संक्रमणविरुद्ध सार्क राष्ट्रका नेताहरुले साझा रणनीति बनाउने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उक्त प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) का राष्ट्र सरकार प्रमुखबीच आइतबार साँझ सवा पाँच बजे भिडिओ कन्फरेन्स हुने भएको छ ।
भिडिओ कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । सिंहदरबारबाट ओलीले भिडियो कन्फेरेन्समा सहभागी हुने जनाइएको छ ।
कन्फेरेन्समा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना प्रभावबारे जानकारी गराउने जनाइएको छ । प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबारमात्र अस्पतालबाट निवास फर्किएका हुन् ।
चिकित्सकहरुको अनुमतिमा नै ओलीले भिडियो कन्फेरेन्समा सहभागीता जनाउन लागेका बताइएको छ ।
यसअघि ट्विटरमार्फत प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको सार्क सहकार्यको प्रस्ताव स्वीकार रहेको जनाएका थिए ।















प्रतिक्रिया