२ कार्तिक २०८३, सोमबार

हिमेश पन्त नेपालकै पहिलो कमेडी च्याम्पियन

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’ हिमेश पन्त बनेका छन् । रियालिटी सो ‘कमेडी च्याम्पियन’ को शनिबार भएको ग्रान्ड फिनालेमा पहिलो बनेका हुन् ।

ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई उछिन्दै उपाधि हात पारेका हुन् ।

‘कमेडी च्याम्पियन’को निर्देशन विशाल भण्डारीले गरेका हुन् । ग्रान्ड फिनालेमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि थिए ।

नेपलाकै पहिलो कमेडी सो ‘कमेडी च्याम्पियन’मा निर्णायकका रुपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका थिए भने सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।