शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि

दैनिक नेपाल २०७६ चैत १ गते ११:१०

काठमाडौं, १ चैत ।   पोर्चुगल एवं युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा रोनाल्डो अहिले घरमै ‘क्वारेन्टाइन’ बसेका छन् ।

परिवारलाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो आमालाई भेटेर इटाली फर्कनुअघि कोरोनाको आशंकामा ‘क्वारेन्टाइन’ बस्नु परेको थियो । युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोलाई घरमै क्वारेन्टाइनमा राखिएको थियो । उनी आफ्नै साततले घरको टपमा बसेका थिए ।

ड्यानियलको सम्पर्कमा रहेका रोनाल्डोलाई पनि सुरुमा कोरोना भएको आशंका गरिएको थियो । तर पोर्चुगलको मडेरा क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोलाई परिक्षणको क्रममा कोरोना संक्रमण नदेखिएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित