काठमाडौं, १ चैत । प्रधामन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले अस्पतालबाट बालुवाटार फर्किए लगत्तै कोरोना भाइरसको संक्रमण रोक्नका लागि पार्टीका शीर्ष नेता, मन्त्री र मुख्य सचिवलाई निर्देशन दिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै उनले पार्टीका शीर्ष नेता र प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा अनावस्यक कुराहरू समाचारमा आएको भन्दै कोरोना रोकथामका लागि थप प्रयास थाल्न निर्देशन दिएकाे बताए ।
रिमालले प्रधानमन्त्री ओलीले कोरोनाका विषयमा थप पहल आवस्यक भएको भन्दै चाडै मन्त्रिपरिषद्को बैठक राखेर थप निर्णय गर्ने बताए । ओलीले चाँडै मन्त्रिपरिषदको बैठक बाेलाएर विभिन्न निर्णयहरू गर्ने भन्दै उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको र तत्काल भिडभाडमा जान दिन नमिल्ने बताए ।
उनले कोरोना रोकथाम र सरकारका कामकारवाहीका मन्त्रिपरिषदको बैठक आवस्यक परिनरहने र सिधै निर्देशन पनि दिन सक्ने बताए । अहिले यसका लागि सरकारी कर्मचारीहरू उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनेको समितिले राति ११ बजेसम्म काम गरिरहेको रिमालले बताए ।
उनले पार्टीमा देखिएको अहिलेको विवाद खासै ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शीर्ष नेताहरूसंग छलफल गरी सचिवालयको बैठक डाक्ने तयारी गरिरहेको जानकारी दिए ।
रिमालले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको काम चलाइरहेको र दुवै नेताको सहमतिमा प्रधानमन्त्री सरकारको काममा बढी व्यस्त हुने बताए । पार्टी सचिवालयको बैठकले गरेका निर्णय र प्रधानमन्त्रीबीचमा अनावस्यक समाचार दिएर विवादमा तान्ने काम भएको बताए ।
सल्लाहकार रिमालले भने, ‘पार्टीका नेताहरूका वीचमा भएको भेटघाटलाई समाचार बनाइनु गलत हो । अहिले मिडियासंग समाचारको खडेरी परेकाले सत्य समाचार आउन छाडे ।’
‘प्रधानमन्त्रीको सवै नेताहरूसंगको सम्बन्ध समाचारमा आएको जस्तो छैन्’, उनले भने, ‘नौ जना नेताकाबीचमा सवै सम्बन्ध छ र समाचार नबने विषयलाई समाचारमा आउने र नेतालाई विवादमा ल्याउने काम मात्रै भयो ।’
उनले पार्टी सचिवालयले गरेको निर्णय चाडै हुने र सचिवलयमा भएका नेताहरूले दिएको सुझावअनुसार प्रधानमन्त्री अगाडि बढ्ने बताए । उनले पार्टी निर्णय सरकारले कार्यन्वयन गर्ने बताए । रिमालले उपाध्यक्ष वामदेव गौतमका विषयमा पार्टीको अध्यक्ष समेत रहेको मान्छे प्रधानमन्त्री भएकाले निर्णयहरू कार्यन्वयनमा जाने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीको वीचमा राम्रो सम्बन्ध बनिरहेको उनले बताए । रिमालले दक्षिण एशियामा कोरोनाविरुद्ध लड्नका लागि एक हुनुपर्छ भन्ने भारतको भनाइ सहि भएको बताए ।















प्रतिक्रिया