
काठमाडौँ, ३० फागुन । प्रधामन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार साँझ ६ बजे डिस्चार्ज गरिएको हो ।
उनी डिस्चार्जपछि सिधै बालुवाटार निवास गएका छन् । डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दलका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
यही फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
मिर्गाैला प्रत्यारोपणपछि १० दिनसम्म स्वास्थ्य लाभ गरेर प्रधानमन्त्री फर्किएका हुन् । ओलीलाई उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले उनलाई मिर्गाैला दिएकी थिइन् ।















प्रतिक्रिया