२ कार्तिक २०८३, सोमबार

मुख्यमन्त्री राई र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच आज भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन् ।

यसैगरी राजदूत कोडीले नेपालका लागि सङ्घीयता अवसर भएको बताउँदै यो लागु भएका देशहरुमा कार्यान्वयनमा समय लागेको धारणा राखिन् ।

सङ्घीयता कार्यान्वयन, कर्मचारी समायोजन लगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राख्दै प्रदेश सरकारले गरेका कामहरुको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताइन् ।

सो अवसरमा मुख्यमन्त्री राईले नेपालले सङ्घीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताए । नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको सङ्घीयता मौलिकतामा आधारित रहेको उनले भने ।

प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शुन्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार भएको जानकारी गराए ।

उनले हाम्रा लागि गएको दुई बर्ष निकै महत्वपूर्ण रहेको भन्दै यो अवधिमा कानुन निर्माण र आवश्यक संरचनाहरु तयार भएका छन् भने ।

मुख्यमन्त्री राईले प्रदेश तहमा जनशक्ति अभाव रहेको बताउँदै प्रदेश लोकसेवा आयोग गठन भएकोले यो समस्या चाँडै समाधान हुने बताए ।

उनले जनताका असिमित चाहना र सिमित स्रोतकाबीच काम गरिरहेको जानकारी गराउदै प्रदेश सरकारलाले ल्याएको पञ्चवर्षीय आवधिक योजना, १० वर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको भेटवार्ताका क्रममा बताए ।

मुख्यमन्त्री राईले साना सिँचाइ, सहरी विकास, पर्यटनको गुरुयोजना बनिरहेको जानकारी गराउदै ‘ चिफ मिनिस्टर ड्यास बोर्ड ’को काम भइरहेको बताउदै रुपान्तरणकारी योजनाहरुको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धि विधेयक प्रदेश सभामा पेश भएको चचौ गर्दै उक्त विधेयकले वालबालिकाहरुको अधिकार सुनिश्चित हुने बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाको बारेमा जानकारी गराएका थिए ।

भेटवार्तामा राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्कबीच लगायतका टोलीको उपस्थिति थियो ।