
काठमाडौं, ३० फागुन । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ३ हजारले गिरावट आएको छ । बिहीबार ८१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन ३ हजार रुपैयाँ सस्तो भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बिहीबार प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार ७८ हजार २ सय रुपैयाँमा झरेको छ।
आज बजारमा चाँदी समेत ४० रुपैयाँ सस्तो भएको छ। संघका अनुसार चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको छ।
चाँदी अघिल्लो दिन ८ सय ६० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।















प्रतिक्रिया