काठमाडौं, ३० फागुन । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले उमेर हदका कारण चैतमा अनिर्वाय अवकास पाउँदै छन् ।
भट्टराईले चैत २ गते अनिर्वाय अवकास पाउनेछन् । अवकास पाउन थालेका महासचिव भट्टराईले राजदूत बन्ने ईच्छा राखेका छन् । दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका भट्टराईलाई जापानका लागि नेपाली राजदूत बन्ने ठूलो धोको छ ।
नेपाली कांग्रेस निकट मानिने भट्टराईलाई सरकारले राजदूत बनाउँछ वा बनाउँदैन भविष्यमा थाहा हुनेछ । भट्टराईले चैत २ गते अनिर्वाय अवकास पाउन लागेपछि महासचिव बन्न दौडधुप शुरु भएको छ । महासचिवका लागि संसद सचिवालयका चार जनाको दाबी रहेको छ ।
संसद सचिवालयका निजामती सचिवद्वय भरत गौतम र ध्रुब घिमिरेको नाम महासचिवमा चर्चामा छ । संसद सचिवालयका कर्मचारीमध्येबाट महासचिव बनाइयो भने घिमिरे र गौतमको सम्भावना निकै छ ।
तर, राजनीतिक नियुक्तिबाट सचिव बनेका प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलको नाम पनि चर्चामा छ ।
माओवादी पृष्ठभूमि भएका योगीलाई महासचिव बनाउन कृष्णबहादुर महरा, अग्नि सापकोटासहितका नेताहरू लचक देखिएका छन् ।
एमाले पृष्ठभूमि भएका सचिव राजेन्द्र फुयाँलले पनि महासचिवमा दाबी गर्दै आएका छन् । फुयाँललाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सुवासचन्द्र नेम्वाङको साथ रहेको छ ।
अहिलेकै संसद ऐनअनुसार योगी र फुयाँलको उमेर नपुग्ने स्रोतले जनाएको छ । पुरानै ऐनअनुसार महासचिव बनाइयो भने सचिवद्वय घिमिरे र गौतममध्येबाट एकजनाले बाजी मार्नेछन् । महासचिव बन्नका लागि फुयाँल र योगीले ऐन परिवर्तन गर्न दवाव सिर्जना गरेका स्राेतकाे भनाइ छ ।
महासचिव बन्नका लागि अहिलेको ऐनले ४५ वर्ष पुगेर ५८ वर्ष पार नगरेको हुनुपर्छ । योगी र फुयाँलको उमेर अझै ४५ वर्ष नपुगेको चर्चा छ । पुरानो नियमावलीअनुसार घिमिरे र गौतम उपयुक्त उम्मेदवार रहेका छन् । महासचिव बन्नका लागि सचिव फुयाँल सबैभन्दा धेरै जोडबल गरिरहेका छन् । स्रोतका अनुसार फुयाँलले सुवासचन्द्र नेम्वाङलाई ठूलो दवाव दिइरहेका छन् ।
स्राेतका अनुसार सभामुख अग्नि सापकोटा सचिव फुयाँललाई महासचिव बनाउन सकारात्मक छैनन् । फुयाँललाई संसद सचिवालयमा सबैभन्दा धेरै अनुदार सचिवका रुपमा कर्मचारीहरूले लिने गरेका छन् ।















प्रतिक्रिया