न्युयाेर्क, ३० फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडो पनि कोरोना भाइरसबाट संक्रमित भएकी छिन् ।
समाचार एजेन्सी एएफपीका अनुसार सोफी बिहीबार ब्रिटेनबाट एक कार्यक्रममा सहभागी भएर फर्केकी थिइन् ।
त्यसपछि उनलाई ज्वरो आउने लगायतका लक्षण देखिए । डाक्टरले नमुना परीक्षण गरेपछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भयो ।
क्यानडामा हालसम्म १ सय ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।















प्रतिक्रिया