बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आदित्य ६ महिना टेलिभिजनमा नदेखिने

दैनिक नेपाल २०७६ फागुन ३० गते ८:०९

मुम्बई । बलिउड टेलिभजन प्रस्तोता, गायक तथा अभिनेता आदित्य नारायणले ६ महिना टेलिभिजनको कामबाट छुट्टी लिने भएका छन् । आफ्नो संगीतिक करियरलाई ध्यान दिन यो निर्णय लिएको उनले बताएका छन् ।

आदित्यले हालै इण्डियन आइडल ११ मा प्रस्तोताका रुपमा काम गरेका थिए । इन्स्टाग्राममा आफूले काम गरेका ११ वटा टेलिभिजन कार्यक्रमहरूको सूचि राख्दै ती कार्यक्रमहरूमा काम गर्दा अत्यन्तै राम्रो अनुभव पाएको लेखेका छन् ।

‘संगीत गर्नु सधैं मेरो जीवनको लक्ष्य रहँदै आएको छ । टेलिभिजनको व्यस्तताले गर्दा मैले संगीतका लागि गर्नुपर्ने र दिनुपर्ने जति समय दिन पाएको छैन’, उनले भनेका छन्, ‘त्यसैले मैले आफ्नो डेब्यू एल्बम र म्यूजिक भिडिओमा काम गर्नका लागि ६ महिनाको विश्राम लिदैंछु ।’

उनले यो सँगै इन्स्टाग्राममा आफूले आगामी दिनमा काम गउर्ने कामहरूको सूचिका बारेमा पनि जानकारी दिएका छन् । उनले इन्स्टा पोस्टमा आफ्नो ब्याण्डसँग डेब्यू एल्बम गर्नुका साथै आफ्नो सोलो एल्बम निकाल्ने, फिल्ममा पाश्र्व गायन गर्ने, तीन वटा टेलिभिजन कार्यक्रम, लाइभ कन्सर्ट र आफ्नो पहिलो यूट्यूब सो जस्ता कार्यक्रम गर्न लागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित