
विराटनगर, २९ फागुन । प्रदेश नं १ को सरकारले नोभेल कोरोना भाइरस(कोभिड–१९)को रोकथाम, प्रतिरक्ष र उपचार व्यवस्था सम्वन्धी कार्ययोजना बिहीबार यहाँ सार्वजनिक गरेको छ।
मुुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको सर्वदलीय बैठकपछि कार्ययोजना सार्वजिनक गरिएको हो ।
कार्ययोजनामा नोभल कोरोना भाइरस भनेको के हो, यसका मुख्यलक्षणहरु, यसवाट कसरी आफू र अरुलाई वचाउने, यसको संक्रमणवाट बच्न अपनाउनु पर्ने पूर्व सावधानी, प्रदेशको वस्तुस्थिति, वस्तुस्थितिको विश्लेषण, सम्भावित चनौतीहरु र रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थाको उल्लेख गरिएको छ ।
कोरोना भाइरस संक्रमण फैलन नदिन प्रदेश सरकारले गरेको उच्च सावधानी, सीमाक्षेत्रमा गरिएको आवश्यक अनुगमन, उच्च सर्तकता, यसवाट वच्न अपनाउनुुपर्ने सावधानी तथा सम्भावित चुुनौतीका विषयहरुलाई कार्ययोजनामा समेटिएको छ ।
प्रदेश नं १ सरकारले कोरोना भाइरस सक्रमण यस क्षेत्रमा भित्रिन नदिनका लागि पाँचवटा सीमानाकाहरु विराटनगरको जोगवनी, भद्रपुुर, कांकरभिट्टा, पशुपति नगर, भण्टावारीमा जगेडा चालक र मेडिकल टोलि खटाउनका साथै प्रदेश तहमा १० वटा जिल्लामा दुुई–दुुईवटा गरि २० वटा एम्वुुलेन्स तयारी अवस्थमा राख्ने, सुुनसरीको श्रीलङ्का टप्पुु र मोरङको टाँडीमा क्वारेन्टटाईन स्थापना गर्ने, पहिलो चरणमा पाँचसय भन्दा ज्यादा चिकित्सकको टोली तयारी अवस्थामा राख्नुका साथै नेपाल प्रहरी तथा नेपाली सेनालाई तयारी अवस्थमा राख्ने कार्य योजनामा उल्लेख गरिएको छ ।
यसैगरी संक्रमणको आँसङ्का भएमा उनीहरुको पहिचानका लागी अन्तराष्ट्रिय तथा प्रदेशस्तरका नाकाहरु तथा विमानस्थलमा स्वास्थ्य चेकजाच डेस्क स्थापना गर्न थालिएको तथा प्रदेश स्तरमा स्वास्थ्य र सो रोग सम्वन्धमा जनचेतना अभियान शुुरु गरिएको कार्ययोजनामा जनाइएको छ ।
सो अवसरमा मुुख्यमंत्री शेरधन राईले कोरोना भाइरस संक्रमण हुुन नदिन प्रदेश सरकारले एक्सन प्लान वनाएर अघि वढेकाले त्यसमा सहयोग गर्न दलहरुलाई आग्रह गरे ।
उनले प्रदेश न १ मा अहिलेसम्म कोरोनाको विरामी फेला नपरेको र प्रदेश नाकासँग जोडिएको भारतीय गाँउ वस्तीमा समेत रोगको सक्रमण नभएको भन्दै यसवाट प्रदेश सुुरक्षित रहेको छ भने ।
मुुख्यमन्त्री राईले कोरोना भाइरसको नाममा कालावजारी गर्न खोज्नेलाई कारवाही गरिने भन्दै व्यापारीहरुलाई आवश्यक सामाग्रीको कृतिम अभाव सिर्जना नर्गन आग्रह गरे ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले सीमा क्षेत्रमा रेलवाट आउने यात्रुलाइ ध्यान केन्द्रीत गरेको भन्दै भाइरस सक्रमण हुुन नदिन प्रदेस सरकारले आवश्यक उच्च सर्तकता अपनाएको जानकारी दिए ।
प्रदेश सदस्य जयराम यादवले प्रदेश सरकारले ल्याएको कार्ययोजनाको प्रशंसा गर्दै आवश्यक भोजभतेर, सभा सम्मेलनमा उच्च सर्तकता अपनाउन आउनु पर्नेमा जोड दिँदै सरकारले ल्याएको कार्ययोजनालाई सञ्चारमाध्यमले विशेष प्राथमिक दिनु आग्रह गरे ।















प्रतिक्रिया