
काठमाडौँ, २९ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले ‘द्यइप् सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ ।
“सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहक महानुभावहरुले ११ लाख रुपैयाँ सम्मको बीमा सुविधासहित सर्वोच्च वार्षिक ९.७५% ब्याजदरको सुबिधाको उपयोग गर्न सक्नेछन् ।
उक्त मुद्दती खाता २५ रुपैयाँदेखि नै खोल्न सकिने र ग्राहक महानुभावहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुविधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने विश्वास बैंकले लिएको छ ।
साथै, बीमा सुविधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए रु. ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा रु. ५ लाख तथा औषधी उपचारको लागि रु. १ लाखको बीमा सुबिधा अन्र्तगत बहिरंग (ओपीडी) को लागि २० हजार रुपैयाँ तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार रुपैयाँ सम्मको बिमा सुविधाको उपयोग गर्न सकिने छ ।
बिमा सुविधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया