
काठमाडौँ, २९ फागुन । प्रहरीले मोटरसाईकलको ट्रायल दिने २ जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ । नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा संचालन भएको मोटरसाईकलको प्रयोगात्मक परीक्षामा नक्कली प्रशिक्षार्थीले परीक्षा दिएको सूचनाको आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बिहीबार १ बजेको दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं. १० घर भई धापासी बस्ने जनक न्यौपाने र जिल्ला दार्चुला मालिकार्जुन गाउँपालिका वडा नं.३ वस्ने बर्ष १९ को सुभाष सिह धामी परेका हुन् ।
न्यौपानेलाई शंका लागि परीक्षा दिनको लागि आवश्यक पर्ने कागजात चेकजाच गर्दा उनले बाजुरा बडीमालिका नगरपालिका वडा नं.१० बस्ने १९ को कुन्का थाप्के थापा ट्रायल दिन आएको जानकारी महानगरीय ट्राफिक प्रहरी महासाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।
न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टासी परीक्षा दिन आएको खुल्न आएको ढकालले बताए ।
प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा निज जनक न्यौपानेलाई सँगै डेरा गरी बस्ने सुभाष सिह धामीले सम्पर्कमा ल्याएको परिक्षार्थी कुन्का थाप्के थापाको नाममा मेरो फोटो टाँस गरी ट्रायल दिन आएको हुँ भनी बयान दिएका छन् ।
प्रकाउ परेका ती व्यक्तिहरूलाई मुलुकी अपराध संहिता ऐन २०७४ को लिखत सम्बन्धी कसुर अपराध गरेको हुनाले थप अनुसन्धान तथा आवश्यक कारवाहीको महानगरीय प्रहरी वृत्त, गौशाला पठ्ठाईएको छ ।















प्रतिक्रिया