३ कार्तिक २०८३, मंगलबार

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरियाे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २९ फागुन । साविक विजेता तथा इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।

एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३–२ गोल अन्तरले पराजित हुँदै लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

लिभरपुलले समग्रमा ४–२ को हार व्यहोरेको छ । लगातार दुई पल्ट फाइनल खेलेको लिभरपुल यसपल्ट क्वाटरफाइनल पनि पुग्न नसकेको हाे ।

जितसँगै एट्लेटिकोले भने च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ ।