
विराटनगर, २८ फागुन । मिटर व्याजको रकम भुक्तानी गर्न एक युवाले आफ्नै बाबुसँग अपहरणको नाटक गरी रकम लिएको आरोपमा प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले मोरङको बुढिगंगा गाउँपालिका वडा नं.३ बाँसबारी बस्ने शिवनारायण महतोको २४ वर्षिय छोरा मुकेशकुमार महतोले आफू अपहरण परेको भन्दै २१ लाख रुपैयाँ (रु तीन लाखको) चेकसहित महतोका कामदार सोही स्थानका २५ वर्षीय कृष्ण राजवंशीलाई सुनसरीको भण्टावारीवाट पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।
महतोका बाबुले फागुन २३ गते छोरा अपहरण परेको सूचना र सकुशल फिर्ता हुन ३० लाख रुपैयाँको मागसहित आफ्नो मोवाइलमा सूचना आएको प्रहरीलाई जानकारी दिएका थिए ।
प्रहरीले गरेको विस्तृत अनुसन्धान अनुसार बुवा शिवनारायणले २१ लाख रुपैयाँ फिरौतीको रकम विराटनगर–¬४ स्थित नोवेल अस्पतालको छेउको नहरको झाँडीमा राख्नु भन्ने आदेश अनुसार राखेका थिए ।
अपहरणको नाटक रचेको मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भन्टाबारीबाट पक्राउ गरेको हो ।
निज मुकेलले फोन गरी कहिले लहान, जनकपुर, कोशी व्यारेजको सीमा क्षेत्रमा राखेको भन्दै बुबालाइ फोन गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकृत मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले कृष्ण राजवंशीसँग नगद रु.१६ लाख ५३ हजार र रु.तीन लाखको चेक पनि बरामद गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
मुकेश महतोले एक वर्ष अगाडि मिटर व्याजमा रु ५ लाख लिएकोमा ९६ लाख रुपैयाँ परिवारले भुक्तानी गरेको थप ५० लाख रुपैयाँको कागज समेत गरेको प्रहरीलाई जानकारी दिएका छन् ।
महतो मिटर व्याजको रकम मुक्तानी नगरेमा ज्यान समेत मार्ने धम्की आइरहेकोले जनाएका छन् ।
घरपरिवारसँग रकमको माँग गर्न लाज लागेकोले अपहरणको नाटक रच्नु परेको उनले प्रहरीलाई जनाएका छन् । प्रहरीले मिटर व्याजको जालो सम्वन्धमा आवश्यक अनुसन्धान पछि कारवाहीका प्रहरी अगाडि वढाउने जनाएको छ ।
यसैगरी, मोरङको बेलबारी नगरपालिका वडा नं.८ निवासी २९ वर्षीय कमान सिंह राईको साथबाट खैरो हिरोइन १५ ग्राम सहित पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।
विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनी हुँदै नेपाल रानी प्रवेश गर्ने क्रममा फागनु शंका लागेपछि खोजतलाश गर्दा अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।
राईले रु ५० हजार मा खरीद गरी आफूपनि सेवन गर्ने तथा प्रतिडोज रु.एक हजारका दरले विक्री वितरण गरी रु एक लाख ५० हजार सम्ममा बेच्ने प्रहरीले जनाएको छ ।
निज राईलाई प्रहरीले लागूऔषध ओसारप्रसार गरेको अभियोगमा कारबाही गर्ने भएको छ ।















प्रतिक्रिया