१ कार्तिक २०८३, आइतबार

मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्रीलाई भेट्ने समीक्षा पहिलाे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाले वुधबार प्रधानमन्त्रीलाई भेटेकी छन् । गत वुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि पहिलोपटक उनलाई समीक्षाले भटेकी हुन् ।

भेटमा समीक्षाले मामा नाता पर्ने प्रधानमन्त्री ओलीलाई आफ्नो स्वास्थ्य कस्तो हुँदैछ भनेर सोधेको बताइएको छ । जवाफमा प्रधानमन्त्रीले आफू निको हुँदै गएको र मिर्गौला दिएकोमा समीक्षालाई धन्यवाद दिएको बताइएको छ ।

गत वुधबार समीक्षाको बाँया मिर्गाैला झिकेर प्रधानमन्त्री ओलीको शरीरमा राखिएको थियो ।