
काठमाडौँ, २८ फागुन । अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका निम्ती सहयोग गरेका छन् ।
धेरैथरि रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ लाख २६ हजार ९ सय ८५ रुपैयाँ आज बुधवार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।
माडी गाउँपालिका ६ रोल्पा (साविक कोर्चावाङ) निवासी ४७ वर्षीया कर्णबहादुर बाँठामगर विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगञ्जमा मृगौला, पत्थरी, जण्डिस रोगको उपचार गराईरहेका छन् ।
पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए । साथै कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
अमेरिकामा बस्दै आएका नेपालीहरु भूबन आलेले ५१ डलर, मानबहादुर र वीरपति बाँठामगर ५१ डलर, जीवराज बुढारयाशिका बाँठामगर ५१ डलर, मणी थापा १०१ डलर, लक्ष्मी पुन २५ डलर, गंगा सिंजाली ४९ डलर, रबिन थापा मगर ४१ डलर, सबिता थापा ३० डलर, रिम थापा ३० डलर, सरु गाहा ३० डलर, यम थापा २५ डलर सहयोग गरेका थिए ।
त्यस्तै रबिन मगर ५१ डलर, करन थापा ४१ डलर, सुमन पाठक १५ डलर, खेम निरौला २५ डलर, प्रविन कवर २७ डलर, दिपक थापा ५१ डलर, देवि थापा ३० डलर, कमल मगर ४१ डलर, लिला लामीछाने २५ डलर, यज्ञ राना ५० डलर, कमला थापा ५० डलर, दिपक कार्की २० डलर, तेजेन्द्र थापा २५ डलर, नारायण के सी २५ डलर, निग्मा शेर्पा ५० डलर, नगेन्द्र लिम्बु २५ डलर, दिपक छेत्री २५ डलर र जानकी थापा ५० डलर गरी जम्मा १,११० डलर सहयोग गरेका हुन् ।
संकलित उक्त रकम पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई काठमाडौँमा भेटेर हस्तान्तरण गरिएको हो ।















प्रतिक्रिया