
काठमाडौँ, २७ फागुन । प्रहरीले त्रिभुवन अर्न्तराष्ट्रिय विमान स्थलबाट ११ हजार अमेरिकी डलरसहित फागुन २६ गते साँझ एकजनालाई पक्राउ गरेको छ ।
सिल्क एयरको एयरलाईन्सबाट नम्बर एमआई ४१५ द्वारा काठमाडाँैबाट सिंगापुर जान लागेका सिंगापुरको नागरिक राहदानी नम्बर के ०९२६००२ जी वाहक ५७ वर्षीया तान घिम चिओङलार्य ११ हजार २ सय ७७ अमेरिकी डलरसहित नियन्त्रणमा लिईएको हो ।
निजले साथमा लिई आएको ह्याण्ड ब्यागलाई ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरेमा चेकजाँच गर्ने क्रममा उक्त ह्याण्ड ब्याग भित्र ११ हजार २ सय ७७ अमेरिकी डलर र ने.रु. १ लाख २१ हजार ६ सय १५ रुपैयाँ लुकाएर अवैध रुपमा लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाकाे सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।















प्रतिक्रिया