
काठमाडौँ, २७ फागुन । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए ५१ बजारमा प्रस्तुत गरेको छ ।
आफ्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी ए७१ तथा ए ५१ मोबाइलहरुमा विभिन्न विशषताहरुः विद्यमान रहेका छन् ।
यसमा आजको व्यस्त जीवनमा अत्यावश्यक ज्यादा टिकाऊ हुने व्याट्रि, मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनको लागि इन्फिनिटी(ओ डिस्प्ले रहेका छन् ।
“आफ्नो ग्यालेक्सी एको पोर्टफोलियोमा ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए ५१ लाई समावेश गर्न पाउँदा हामी उत्साहित भएका छौँ । विगतका वर्षहरुदेखि नै ग्यालेक्सी ए सिरिज मोबाइल आम प्रयोगकर्ताहरु माझ लोकप्रिय बन्दै आइरहेको छ । हालै प्रस्तुत गरिएका यी दुई ग्यालेक्सी ए ७१ तथा ए५१ मा प्रयोग भएको प्रविधिलाई प्रयोगकर्ताहरुले मन पराउनुहुने छ,” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।
“आम ग्राहकहरुको चाहना चिटिक्क परेको, लामो समयसम्म टिकाऊ हुने व्याट्री तथा हरेक क्षणलाई कैद गर्न सकिने क्यामरा भएको डिभाइस नै हो भन्ने हामीलाई थाहा छ, जुन सामसङको ग्यालेक्सी ए डिभाइसमा रहेको छ,” उनले बताए ।
उत्कृष्ट क्यामरा अनुभव
ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए५१ मा जीवनका अविस्मरणीय क्षणहरुलाई सहजै कैद गर्नको लागि उत्कृष्ट क्यामरा राखिएको छ ।
मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु विशेष सुविधाका साथ यसमा रहेका छन्, क्यामरामा भएका विशेषताहरुले गर्दा ग्यालेक्सी ए ७१ तथा ए५१ मार्फत् उत्कृष्ट एवं जीवन्त फोटो खिच्न सकिन्छ ।
ग्यालेक्सी ए ७१ मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी ए५१ मा द्धड मेगापिक्सलको क्यामरा राखिएको छ । यसैले गर्दा यी मोबाइल फोनबाट दिनमा वा रातमा खिचिएका फोटोहरु सफा एवं उत्कृष्ट आउने छ ।
यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्दछ ।
यसमा भएको म्याक्रो क्यामराले कुनै पनि वस्तुको फोटो सम्पूर्ण विवरण सहित खिच्न सक्दछ । साथै डेप्थ क्यामराको लाइभ फोकस इफेक्टको मद्दतले फोटोहरु झन् राम्रो देखिन्छ ।
उच्च–गुणस्तरीय भिडियो रेकर्डिङ्ग
हरेक साहासिक क्षणहरुलाई सहजै भिडियोका रुपमा कैद गर्ने क्षमता यसमा रहेको छ । सुपर स्डेडि भिडियो मोडले खिच्दा, हात हल्लिएको अवस्थामा पनि भिडियो नहल्लिएको आउँछ ।
दौडिंदा, हाइकिङ्गमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थमा सुपर स्टेडि भिडियोको सुविधाले गर्दा उत्कृष्ट भिडियो खिच्न सकिन्छ ।
अनइन्टरेप्टेड भिज्युअल डिस्प्ले
ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए५१ मा सुपर एमोल्ड प्लस तथा सुपर एमोल्ड प्लस एज-टु-एज इनफिनिटी-ओ डिस्प्ले रहेको छ ।
६.७ इन्च तथा ६.५ इन्चको स्क्रिनले वास्तवमै जीवन्त अनुभूति प्रदान गर्दछ । सासमसङको हालसम्मकै ठूलो स्क्रिनमा आफूलाई मनपरेको भिडियो हेर्नु वा गेम खेल्नुको छुट्टै मज्जा मिल्ने छ ।
ज्यादा टिकाऊ व्याट्री
ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए ५१ मा क्रमशः ४५०० एमएएच तथा ४००० एमएएचको ब्याट्रि राखिएको छ, जसले गर्दा विना रुकावट दिनभर फोनको प्रयोग गर्न सकिनेछ । साथै २५ वाट तथा १५ वाटको फास्ट चार्जिङ्ग क्षमताले छिटो मोबाइल चार्ज गर्न सकिन्छ ।

ए ७१ र ए ५१ प्रिज्म क्रस ब्ल्याक, ह्वाइट र ब्लू रंगको पेस्टल शेडहरूमा आउँदछ । दुवै ग्यालक्सी ए ७१ र ए ५१ मोबाइलहरु उपभोक्ताहरूका लागि २९ फागुन देखि तलका मूल्यहरूमा उपलब्ध छन् ।
नेपाली बजारमा ग्यालक्सी ए ७१ को मुल्य ४९ हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी ए ५१ को ३८ हजार ३ सय ९९ रुपैयाँ पर्दछ ।















प्रतिक्रिया