१ कार्तिक २०८३, आइतबार

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधि, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतका व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना भनाईहरु राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने बारेमा बताएका थिए ।

चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रुपमा परिचित भएको भएतापनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयबासीहरु नै अग्रसर भई लागेमा आर्थिक रुपमा सम्पनन हुन सकिने बताए ।

कार्यक्रममा प्रमुख अतिथी चिचिला गाउँपालिकाका अध्यक्ष श्री पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक लि. र सेजनलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, वरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभु बैंक लि. खाँदबारी शाखा कार्यलयका शाखा प्रमुख सुमन बस्नेत लगायतले वित्तीय व्यवस्थापनबारे आ–आफ्ना भनाईहरु राखेका थिए ।

प्रभु बैंक र सेजनको संयुक्त आयोजनामा सम्पन्न यस वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गरेको बैंकले विश्वास लिएको छ ।