१ कार्तिक २०८३, आइतबार

चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बैतडी, २७ फागुन । चितुवाको आक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ ।

मेलौली नगरपालिका ९ की ९ वर्षीया बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । उनलाई आज बिहान ४ बजे ओछ्यानमै चितुवाले आक्रमण गरेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय नरभक्षी पशुले बालबालिकामाथि आक्रमण गरेको घटनाहरु बढीरहेको प्रहरीले जनाएको छ ।