
काठमाडौँ, २७ फागुन । प्रहरीले हत्यमा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका वडा नं. १ घर भएका १९ वर्षीया आरुष थिङ रहेका छन् ।
उनीमाथि २०७६ साउन २८ गते ललितपुर महानगरपालिका वडा नं.९ गुहे पोखरीमा उदयपुरको कटारी न.पा. २ गरास घर भई ललितपुर बालकुमारीमा बस्ने मुर्तीको काम गर्ने ३३ वर्षीया हरी खड्काकाे हत्या गरेकाे अभियाेग छ।
खड्कालाई साउन २५ गते नै कुटपिट गरी हत्या गरिएकाे थियाे ।
२०७६ साउन २५ गते बेलुका कुमार थिङ भन्ने मान कुमार थिङसहितका व्यक्तिहरुले खड्काको कुटपिट गरी हत्या गरेर फरार भएको घटनामा संलग्नमध्ये आरुषलाई महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मकवानपुरको पिङडाँडाबाट पक्राउ गरेको हो ।
कानुनी कारवाहीको लागि उनलाई जिल्ला अदालत ललितपुर पठाईएको छ । खड्काको मृत अवस्थामा शव फेला परेको थियो ।















प्रतिक्रिया