१ कार्तिक २०८३, आइतबार

रौतहटमा कटुवा पेस्तोलसहित २ जना पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २७ फागुन । रौतहटमा कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको गढीमाई नगरपालिकाबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका हो ।

इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले गढीमाई–६ धर्मपुरको बागमती नदी किनारबाट सोमबार राति करिब ९ बजेको समयमा सर्लाहीको धनकौल गाउँपालिका–६ का २१ वर्षीय राजेश राम महरा र २६ वर्षिय जय नारायण राम रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोेले जानकारी दिए ।

उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल र २ थान गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक महतोले जानकारी दिएका छन् ।

नियमित गस्तीमा निस्किएका प्रहरी टोलीलाई देख्ने बित्तिकै उनीहरुलाई भाग्ने क्रममा पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक महतोले बताए ।