
काठमाडौं, २७ फागुन । अध्ययनका लागि अस्ट्रेलिया पुगेका एक जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि उनको उपचार जारी राखिएको छ ।
उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार भएको क्यानेबरा स्थिति नेपाली राजदूतावासले जनाएको छ । उनीसँगै एकै अपार्टमेन्टमा बस्ने अन्य चार जना नेपालीलाई क्वारेन्टाइनमा राखेर कोभिड १९ बारे परिक्षण भइरहेको छ । उनीहरूमा तत्कालै संक्रमणका कुनै संकेत फेला पर्न सकेको छैन ।
संक्रमण पुष्टि भएको भनिएका विद्यार्थीको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य हुन थालेको बताइएको छ ।
नेपाली समुदाय आवद्ध विभिन्न समाजसँगको समन्वयमा नेपालीलाई कोरोना जोखिम कति रहेको भन्ने विषयमा काम भइरहेको बताइएको छ ।















प्रतिक्रिया