शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

टाइगरकाे ‘बागी-३’ दर्शकले मन पराए

दैनिक नेपाल २०७६ फागुन २७ गते ६:५५

मुम्बई । बलिउड फिल्म बागी सिरिजको सफलताबाट निर्माता कति उत्साहित भए भने चार वर्षमा सिरिजको तेस्रो फिल्म रिलिज भएको छ ।

लोकप्रियताको फाइदा उठाउने चक्करमा ‘बागी-३’ हतारको सिकार भएको देखिन्छ । बागीको सफलताको पछाडि यसको एक्सन नै हो ।

बागी-३ मा सिर्फ एक्सनमा मात्रै ध्यान दिइएको छ । एक्सनको बीचमा जुन कथा राखिएको छ, त्यो निकै कमजोर छ ।

कथा कमजोर भएका कारण एक्सनले मात्रै धान्दैन । घायलमा सनी देवल आफ्ना भाइ खोज्न निस्कन्छन् । गदरमा सनी एक्लै पाकिस्तानसँग टक्कर लिन्छन् । यी दृश्य बागी-३ हेर्दा दर्शकले बारम्बार स्मरण गर्छन् । यिनै फिल्मको हाइलाइट जोडेर बागी-३ को कथा बुनिएको छ ।

दक्षिण भारतीय फिल्मबाट प्रेरणा पनि लिइएको छ । फिल्ममा एक्सनको साथमा इमोसन र इन्टरटेनमेन्ट थियो । बागी-३ मा छैन । यो फिल्मबाट प्रभावित भए पनि साजिद नाडियाडवालाले गतिलो कथा लेख्न सकेका छैनन् ।

रानी (टाइगर श्राफ) आफ्नो दाजु विक्रम (रितेश देशमुख)लाई धेरै माया गर्छन् । संसार छोड्ने बेला उनीहरूका बाबुले कान्छो छोरालाई दाजुको ख्याल गर्न आग्रह गर्छन् । जेठो दाजु सोझो र डरपोक छन् ।

प्रतिक्रिया
सम्बन्धित