बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

शशिन र दीपेश दशौँ बबिन स्मृति ब्याडमिन्टन बिजेता

दैनिक नेपाल २०७६ फागुन २७ गते ६:४९

काठमाडाैं, २७ फागुन । लतिलपुरका शशिन डङ्गोल र दीपेश शाक्य किङ्गकम क्लब बानेश्वरको आयोजनमा भएको दशौं खुल्ला बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याम्पियन भएका छन् ।

सोमबार आयोजकको प्राङ्गणमा भएको प्रतियोगितामा योङ्गस्टार क्लब ललितपुरका शशिन र दीपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१-१८, ११-२१, २१-१८ ले पराजित गर्दै उपाधी हात पारेका छन् । विजेता र उपबिजेता नगद ४० हजार र २५ हजार सहित मेडल प्रमाण पत्र र मेडल ट्रफी प्राप्त गरे ।

तेश्रो स्थानमा लतिलपुरका योङ्गस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी भए । शाक्यको जोडीले नगद १५ हजार प्राप्त गरे ।

भेटान्स डबल तर्फको खेलमा एभरेष्ट ब्याडमिन्टन क्लबका डि.बि. लामा र नारायण श्रेष्ठले जित हात पारे । लामा र श्रेष्ठको जोडीले नगद २० हजार सहिति मेडल र प्रमाण पत्र प्राप्त गरे ।

दोश्रो स्थामा पेप्सी क्लबा कृष्ण राम थापा र सुरेन्द्र कटुवालाको जोडीले नगद १२ हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले नगद ८ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

बिलेता खेलाडीहरूलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, बागमती प्रदेशका समाभसद् दीपेन्द्र श्रेष्ठ र राजेन गुरुङ्ग लगायतले पुरस्कार बितरण गरका थिए ।

प्रतिक्रिया
सम्बन्धित