१ कार्तिक २०८३, आइतबार

४० हजार नेपाली कामदारको कतारको भिसा स्थगित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो 

काठमाडौँ, २६ फागुन । विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै सतर्कताका लागि कतारले नेपालसहित १४ देशबाट प्रवेश रोक लगाएकोले ४० हजार नेपाली कामदारको कतारको भिसा स्थिगित भएको छ । कतारको यो निर्णयबाट ४० हजार नेपालीका कामदारको भिसा रोकिएको हो ।

कतारले कहिलेसम्म भिसा स्थगित गर्ने हो भन्ने यकिन छैन यद्यपि कारोनाको संक्रमण नियन्त्रणमा आएमा भिसा प्रवेश खुला गर्ने अनुमान गरिएको छ ।

कतारको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसिओ)का अनुसार आइतबारदेखि कतारले नेपालसँगै चीन, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, इजिप्ट, इरान, इराक, लेवनान र थाइल्यान्डका नागरिकलाई अल्पकालीन रुपमा कतार प्रवेशमा रोक लगाएको छ ।

हाल कतारमा ४ लाख भन्दा बढी नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ ।