१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमण : ३ हजार ६ सयको मृत्यु, १०१ मुलुकमा फैलियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ फागुन ।  चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विश्वभर सोमबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ३ हजार ६ सय पुगेको छ ।

यसबाट संक्रमितको संख्या १ लाख ५ हजार ८ सय नाघेको छ । कोरोनाको संक्रमण धेरै यशियामा देखिएको छ । सबैभन्दा पहिले कोविड–१९ को संक्रमण भएको चीनमा डिसेम्बरदेखि शनिबारसम्म ८० हजार ६९५ व्यक्तिमा संक्रमणको पुष्टि भएको छ।

यो अवधिमा चीनमा ३ हजार ९७ जनाको मृत्यु भएको छ। पछिल्लो समय कोरोनाको संक्रमण चीनमा घट्दो क्रममा रहेको छ भने अन्य देशमा महामारीको रुपमा फैलिरहेको छ ।