४ कार्तिक २०८३, बुधबार

लिभ इनमा बस्न छोरीलाई अभिनेत्री आमाको सल्लाह

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री नीना गुप्ताको अहिले चर्चा छ । निना सधैंजसो आफ्नो बयानका कारण चर्चामा आउँछिन् । आफ्नी छोरी मसाबा गुप्ता र उनका श्रीमान् मधु मन्टेनाको सम्बन्धविच्छेदबारे आफ्नो प्रतिक्रिया दिँदै नीनाले भनिन्, ‘विवाहभन्दा राम्रो लिभ इनमा बस ।’

वास्तवमा नीना गुप्ताकी छोरी मसाबा गुप्ताको उनका श्रीमान मधु मन्टेनासँग केही समय अघि सम्बन्धविच्छेद भएको छ । नीनाले पिंकविलालाई दिएको एक अन्तर्वार्तामा सम्बन्धविच्छेद बारे कुरा गर्दै उनले भनिन्, ‘पहिला म आफ्नी छोरीलाई लिभ–इन सम्बन्धमा रहन सल्लाह दिँदैनथेँ । अब मलाई लिभ इनसँग कुनै समस्या छैन ।’

उनको यो सोँच छोरी र ज्वाईंको सम्बन्धविच्छेदका कारण नभई सम्बन्धविच्छेदका अन्य घटना हेरेपछि पलाएको बताएकी छिन् ।

नीनाले भनेकि छिन्, ‘विवाहमा यति धेरै पैसा खर्च गर, यति मिहिनेत पनि गर, यति विघ्न तामझाम गर र त्यसपछि सम्बन्धविच्छेद । अरे यार, यस्तो हो भने लिव–इनमा बस । मलाई लाग्छ कि ३–४ वर्षमा मेरो सोचमा अत्यधिक परिवर्तन आएको छ ।’