शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इङ्गिलस प्रिमियर लिगमा युनाइटेडसँग सिटी पराजित

दैनिक नेपाल २०७६ फागुन २६ गते ८:२५

लण्डन, २६ फागुन । इङ्गिलस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतबार राति भएको म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २-० ले हराएको हो ।

घरेलु मैदान ओल्डट्राफोर्डमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले गोल गरे । ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएको खेलको इञ्जुरी समयमा म्याकटोमिनीले गोल थपेका थिए ।

खेलमा सिटीका सर्जियो अग्युरोले गोल गरेपनि भीएआरले गोलको मान्यता दिएन । जितसँगै युनाइटेड २९ खेलमा ४५ अङ्क जोड्दै लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानको सिटीको ५७ अङ्क छ । प्रिमियर लिगमा लिभरपुल ८२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित