१ कार्तिक २०८३, आइतबार

सशस्त्रद्वारा बरामद चाँदी भन्सारलाई बुझाइयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । पर्सा जिल्लाको वीरगंज महानगरपालिका २१ परवानीपुरबाट एपीएफ टोलीले बरामद गरेको चाँदीको तयारी गहना फागुन २५ गते भन्सार कार्यालय बिरगंजमा बुझाइएको छ ।

उक्त चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले फागुन २४ गते बिहान बरामद गरेको थियो ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८६८ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा उक्त गहना वेवारिसे अवस्थामा फेला परेपछि बरामद गरिएको हो ।

बरामद चाँदीको गहना पाँउजु रहेको छ । तयारी पाँउजु तौल गर्दा करीब तीन के.जी. रहेको छ भने सुनचाँदी व्यावसायी संघ पर्साले निर्धारण गरेअनुसार उक्त चाँदीको गहना जर्ती र रसायन बाहेक शुद्ध चाँदी १ के.जी. ७ सय ८६ ग्राम रहेको छ । उक्त चाँदीको गहनाको भन्सार दाखिला मूल्य १ लाख ३९ हजार ३ सय ८ रुपैयाँ रहेको छ ।

त्यस्तै, मोरङको विराटनगर महानगरपालिका १६ दरैयाबाट फागुन २५ गते एपीएफ टोलीले करीब ३ लाख ३० हजार रुपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली को २ ह ५५४३ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ ।

बरामद माछाको भुरा तथा अटो भन्सार कार्यालय बिराटनगरमा बुझाइएको सशस्त्र प्रहरी नायव अपरीक्ष अजय छतकुलीले बताएका छन् ।