
काठमाडौँ, २५ फागुन । माल्टा र कुवेत पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो ।
श्रेष्ठविरुद्ध ठगीको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । माल्टा पठाइदिन्छु भन्दै श्रेष्ठले २६ जनाबाट प्रतिव्यक्ति ६–६ लाख लिएको र कुवेत पठाइदिन्छु भन्दै ३४ जनाबाट प्रतिव्यक्ति ४–४ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
श्रेष्ठ काठमाडौँको सिटीसी मलमा मसाज सेन्टर चलाउँदै आएका छन् । त्यहाँबाट ५६ वटा पासपोर्ट बरामद भएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया