१ कार्तिक २०८३, आइतबार

‘राष्ट्रिय आदर्श नारी सम्मान २०७६’ बाट सुमित्रा बस्नेत सम्मानित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । वरिष्ठ वित्तीयकर्मी तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत “राष्ट्रिय आदर्श नारी सम्मान २०७६“ बाट सम्मानित भएकी छन् ।

११० औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर विगत दुइ दशकदेखि अत्यन्तै निष्ठा र समर्पणको साथ आर्थिक, व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रियतापूर्वक लागि नेपाली नगारिक समाजमा आफूलाई निष्ठापूर्वक समर्पित गर्दै आएको र आफू संलग्न क्षेत्रको माध्यममार्फत मुलुकको आर्थिक विकास, सामाजिक सेवा र नागरिक सेवमा निरन्तर पवित्र सेवाभावले कार्य गर्दै आएको र सेवा मुलक व्यवसाय, सामाजिक क्षेत्रमा सक्रिय भई महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई राष्ट्रिय प्रेस क्लब नेपालले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै सुमित्रा बस्नेतलाई प्रथम उपराष्ट्रपति परमानन्द झाको बाहुलीबाट “राष्ट्रिय आदर्श नारी सम्मान २०७६” बाट सम्मानित गरेको हो ।

उक्त सम्मान कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सामाजिक, आर्थिक, तथा महिला ससक्तिकरण मार्फत राष्ट्र प्रति उत्तरदायित्व बहन गर्दै समाजमा पुर्याएको विशिष्ट योगदान स्वरुप बरिष्ट समाजसेवी सुमित्रा बस्नेत विभिन्न दर्जनौँ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छन् ।