१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरस : इटालीमा मृत्यु हुनेका संख्या २३० पुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन ।  चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण इटालीका अहिलेसम्म २३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ सयबाट बढेर ५ हजार ८८३ पुगेको छ ।

मृत्यु हुनेको संख्या बढ्दै गएपछि करिब १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । अनिवार्य क्वारेन्टाइन आजबाट अप्रिल महिनाको शुरुसम्म रहनेछ ।

कोरोना संक्रमितको संख्या नाटकीय रुपमा बढेपछि नाइट क्लब, जिमखाना, स्वीमिङ पुल, संग्राहलय र स्की रिसोर्ट बन्द गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

मानिसहरुलाई सकेसम्म घरभित्र बस्न भनिएको छ भने क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई तीन महिनाको जेल सजायँको समेत व्यवस्था गरिएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३५ सय पुगेको छ ।