शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिज दक्षिण अफ्रिकाकाे पाेल्टामा

दैनिक नेपाल २०७६ फागुन २५ गते ८:००

अफ्रिका, २५ फागुन । अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिजमा दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकालेसँगै दक्षिण अफ्रिकाले घरेलु मैदानमा सिरिज कब्जा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ५४ रन बनायो । अष्ट्रेलियाका लागि मार्नुसले शतकीय पारी खेले । उनले एक सय आठ बलमा आठ चौकाको मद्दतले एक सय आठ रन नै बनाए । यस्तै डासे सोर्टले ३६ तथा मिचेल मार्सले ३२ रन बनाए । यस्तै झे रिचार्डसनले २४ तथा आरोन फिन्चले २२ रनको योगदान गरे ।

जवाफमा दक्षिण अफ्रिकाले ४५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि केली भेरेनेले ५० रन बनाए भने क्विन डी ककले २६ तथा जानीमन मलनले २३ रन थपे ।

एकदिवसीय क्रिकेटमा गरेको प्रदर्शनका कारण मलन टी २० सिरीजमा पनि टिममा परेका छन । यस्तै जेजे स्मुट्सले ८४ रन बनाए भने हेनरीच क्लासिनले ६२ रनको योगदान गरे । दक्षिण अफ्रिका पहिलो खेलमा ७४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित