४ कार्तिक २०८३, बुधबार

उपसचिवहरू प्रदेशमा जान मानेनन्

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । काठमाडौबाट प्रदेश र स्थानीय तहमा सरूवा गरिएका उच्च कर्मचारीहरू सकेसम्म खटाइएको ठाउँमा जान चाँहदैनन्।

विशेष गरी उपसचिव तथा सहसचिवहरू सकेसम्म काठमाडाैं नछाड्न अनेक बाहना गर्ने गरेको संघीय मन्त्रालयका अधिकारीहरू बताउँछन्।

शाखा अधिकृत र शाखा अधिकृतभन्दा मुनिका कर्मचारीलाई भने सरुवा गरिएको ठाउँमा जानैपर्ने बाध्यता छ। तल्लो तहका कर्मचारीहरू सरुवा गरिएको कार्यालयमा हाजिर गर्न गएनन् भने उनीहरूलाई कारबाही गर्ने गरिएको छ।

पुसको अन्तिम साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत ३४ जना उपसचिवलाई एकैपटक प्रदेशमा सरुवा ग¥यो तर ती उपसचिवमध्ये अधिकांशले अहिलेसम्म काठमाडौं नछाडेको मन्त्रालयका उच्च कर्मचारीले बताए। सिंहदरबार नछाडेका ती उपसचिव प्रशासन सेवाका हुन्। उनीहरू अहिले पनि सरुवा हुनुभन्दा अघिकै मन्त्रालयमा कार्यरत छन्।

प्रदेशमा सरुवा गरिएका ३४ उपसचिवमध्ये उद्योग मन्त्रालयबाट ३ जना उपसचिव विमल बराल, रामकृष्ण अधिकारी र नोकबहादुर बस्याल अहिले पनि सिंहदरबार छाडेका छैनन्। उद्योग मन्त्रालय स्रोतका अनुसार उनीहरूले अझै पनि उद्योगमै हाजिरी गर्ने गरेका छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।