
काठमाडौँ, २४ फागुन । राष्ट्रिय नारी सम्मान २०७६ द्धारा वरिष्ठ सौन्दर्यविद रश्मिला श्रेष्ठ सम्मानित भएकी छन् ।
शान्ति र विकासको लागि नागरिक आवाज संस्था द्वारा ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरिएको विशेष समारोहमा नेपालको न. १ पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर संचालकलाई सम्मान गरिएकाे हाे ।
विगत लामो समयदेखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउँदै आएको तथा सौन्दर्य व्यवसाय मार्फत युवा वर्गलाई रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएकी रश्मिला श्रेष्ठलाई सम्मान गरिएको हो ।
उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै राष्ट्रिय सभाको उपाध्यक्ष शशिकला दाहाल तथा विशिष्ट अतिथि पूर्व मन्त्री राधा कुमारी ज्ञवालीद्धारा समाजसेवी तथा वरिष्ठ सौन्दर्यविद रश्मिला श्रेष्ठलाई ‘राष्ट्रिय नारी सम्मान २०७६’ बाट सम्मानित गरिएको छ ।
अत्यन्त निष्ठा तथा समर्पण भावका साथ वरिष्ठ महिला उद्यमी सौन्दर्यकला व्यवसायी तथा समाजसेवीका रुपमा आफ्नो क्षेत्र मार्फत युवा वर्गलाइ रोजगार सिर्जना गर्दै नारी सशक्तिकरणको उदाहरण बनि राष्ट्र र समाजलाई पुर्याउँदै आएको अतुलनीय योगदानको कदर स्वरुप रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकी अध्यक्ष युवा व्यवसायी वरिष्ठ सौन्दर्यविद रश्मिला श्रेष्ठ सम्मानित गरिएको थियो ।
सेलिब्रेटीदेखि व्यवसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको नेपालको न. १ पार्लर तथा फेसियल हाउस रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण सुविधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवी सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् ।
यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धी विशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुविधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।
महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिँदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन् ।















प्रतिक्रिया