शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आहा रारा गोल्डकपमा झापा ११ द्वारा एपीएफ पराजित

दैनिक नेपाल २०७६ फागुन २४ गते १२:२५

 

काठमाडौं, २४ फागुन ।   आहा रारा गोल्डकप फुटबलमा झापा ११ द्वारा एपीएफ पराजित भएको छ ।

पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा झापा ११ सशस्त्रप्रहरीको एपीएफ क्लबलाई स्तब्ध पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाका युवा खेलाडीले ए डिभिजनको विभागीय टिम एपीएफलाई स्तब्ध पारेको हो।

खेलको निर्धारित समयमा दुबै टोलीबाट कुनै पनि गोल भएन। अतिरिक्त समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा गएको थियो।

प्रतिक्रिया
सम्बन्धित