बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

श्रीलंकाविरुद्धको दोस्रो टी-२० वेस्ट इन्डिजले जित्याे

दैनिक नेपाल २०७६ फागुन २४ गते ८:३८

नयाँदिल्ली, २४ फागुन । श्रीलंकाविरुद्धको दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजले सात विकेटको जित निकालेको छ ।

जितसँगै वेस्ट इन्डिजले दुई खेलको सिरिज क्लिन स्वीप गरेको छ । एक दिवसीय सिरिज जितेको वेस्ट इन्डिजले टी २० सिरिजपनि आफ्नो पोल्टामा पार्न सफल भयो ।

पालेकेलेमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो । उसका लागि दासन शनकाले सर्वाधिक ३१ रन बनाए । एञ्जेलाे म्याथ्युजले २३ तथा थिसारा परेराले २१ रन बनाए ।

जवाफमा वेस्ट इन्डिजले १७ ओभरमा तीन विकेट गुमाउँदै एक सय ५८ रन बनायो । उसको जितमा शिमरोन हेतमायर र ब्रान्डोन किङले समान ४३–४३ रन बनाए ।

एन्ड्रयु रसलले ४० तथा रोभमन पावेलले १७ रन बनाए । यसअघि पहिलो टी २० खेलमा वेस्ट इन्डिज २५ रनले विजयी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित