काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको छ ।
धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् ।
६९ वर्षीय प्रधानमन्त्री ओलीलाई शुक्रबार आईसीयूमा हिँडडुल गराइएको थियो । भात र मासुको झोल दिइएको छ । बिहान उनले चिया–बिस्कुट खाएका थिए ।
यस्तो शल्यक्रियामा नियमित प्रक्रियाअन्तर्गत नै बिरामीलाई हिँडडुल गराइन्छ । ‘यही गतिमा सुधार हुँदै गयो भने ७ देखि १० दिनसम्ममा उहाँलाई डिस्चार्ज गर्छौं,’ प्रधानामन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले भनिन्, ‘उहाँको स्वास्थ्य स्थिति ठीक छ । स्थिर छ ।’
प्रधानमन्त्रीको शरीरले मिर्गौला प्रत्यारोपणपछिको शरीरले देखाएको प्रतिक्रिया र सुधारको गति सन्तोषजनक रहेको डा. शाहले बताइन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया