सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

साग्रिला डेभलपमेन्ट बैंकको कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

दैनिक नेपाल २०७६ फागुन २३ गते १८:११

काठमाडौँ, २३ फागुन । साग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाले जनजागरण मावि गल्छी ४ धादिङ्गको प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाइबहिनीहरु र त्यसै विद्यालयका अभिभावकहरुलाइ समेत राखी गल्छी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहजीकरण गरेका साग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाको प्रमुख गौरव काफ्लेले कोरोना भाइरसबाट आफू पनि बचौँ र अरुलाई नि बचाऔँ भन्दै जसका लागि सरसफाई मा विशेष ध्यान दिने, मास्क लगाउने, हातलाई सावुन पानीले धुने, हात नमिलाउने, भिडभाडमा नजाने, नियमित शारिरीक व्यायाम गर्ने, मद्यपान मांसाहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने, बिहान बेलुका घीउको सेवन गर्ने रुघा खोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने बताए ।

स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमाल ले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउँदै घरमा आफनो परिवार छरछिमेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरे साथै सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध गरे र गर्ने त्यस्तालाई सरकारले कडा भन्दा कडा कारवाही गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गल्छी गाउँपालिका वडा न.४ का वडा अध्यक्ष एवम विधालय ब्यवस्थापन समितीका अध्यक्षसमेत रहेका राजु अधिकारी ले साग्रिला डेभलपमेन्ट बैंकको शाखा गल्छीले विश्वव्यापी रुपमा फैलिरहेको यो कोरेना भाइरसबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिँदै उनले अझै ग्रामीण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे साथै अधिकारीले साग्रिला बैंकले सामाजिक उतरदायित्व अन्र्तगत रहेर विभिन्न कामहरु र सेवा गरेको कुरा विदितै छ ।

गल्छी शाखाले मात्रै नभइ देशैभरिको शाखा कार्यालयहरुले समेत सामाजिक उतरदायित्वका कार्य गरेको कुराको उदाहरणीय रहेको छ ।

यस बैंकले नाफालाई केन्द्र नमानी सेवाभावले काम गरेको छ यस बैंकको प्रगतिको समेत शुभकामना दिन चाहन्छु, उनले भने । र कोरोना भाइरसबाट त्रसित नभई यसबाट बच्ने विधिहरु अवलम्बन गरौ र गराउ भनि अनुरोध समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित