
काठमाडौँ, २३ फागुन । नेपालमा बालिका अधिकारको स्थिति सम्बन्धि प्रतिवेदन तयारीका लागि विश्वव्यापी आवधिक समिक्षाको तेस्रो चक्रमा सरोकारवालाहरुसँग राष्ट्रिय परामर्श सम्पन्न भएको छ ।
बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालले जागृति बाल तथा युवा सरोकार नेपाल, स्वतन्त्रता अभियान नेपाल, ग्रर्स एडभोकेसी एलायन्स, ग्लोबल मार्चको सहयोगमा बाल मैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, सामाजीक सुरक्षा नागरिक समाज सञ्जाल, कन्सोर्टियम नेपाल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, बाल संरक्षण सँजाल, यात्रामा रहेका बालबालिका, शिक्षा निगरानी समुह, एसियन बालिका अभियान, एचआरटिएमसि सि आर सि समिति तथा रेटिफाई ओपि ३ सिआरसि समितिको सहकार्यमा विश्वव्यापी आवधिक समिक्षाको तेस्रो चक्रमा नेपालमा बालिका अधिकारको स्थिति सम्बन्धी प्रतिवेदन तयारीका लागी सरोकारवालाहरुसँग राष्ट्रिय परामर्श गरेको हो ।
कार्यक्रममा बालिकाको लागी कार्यरत ८ विकासका साझेदार सँस्था, १२ सञ्जाल, १५ संघसँस्था र अन्य सरोकारवालाहरुका ५० प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले गर्नुभएको थियो । कार्यक्रमको संचालन सिविनकी निरीजना भट्टले गरेकी थिइन् भने बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका सदस्य गोविन्द शाहीले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा बालिका प्रतिनिधि बबिता परियारले बाल विवाह, छाउपडी र अन्य किशोरीका समस्याहरु लाई जोडेर आफ्नो भनाई राखेका थिए ।
त्यसै गरी एनएसिजीका कृष्णचन्द्र आचार्यले बालिकाहरुका विकासका निम्ति भिन्न किसिमका कार्यक्रम चाहिने र नागरिक समाजले सरकारसँग सहकार्य र खबरदारी दुवै गर्नुपर्ने जिम्वेवारी रहेकाले यस्ता किसिमका कार्यक्रम महत्वपुर्ण रहेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक मुुरारी प्रसाद खरेलले विश्वव्यापी आवधिक समिक्षाको प्रकुया सम्बन्धी विस्तृत जानकारी प्रदान गर्दै कानुन निमार्ण र कार्यन्वयनमा केन्दित हुँदै , डाटा र प्रमाणमा आधारीत प्रतिवेदन लेख्नुपर्ने कुरामा जोड दिए ।
साथै राष्ट्रिय मानव अधिकार आयोगकी उप निर्देशक मञ्जु खतिवडाले विश्वव्यापी आवधिक समिक्षाबाट आएका सुझावहरुको कार्यन्वयन गर्ने प्रणाली जरुरी रहेको बताए ।
बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका सहअध्यक्ष रित्तु भट्ट राईले बालिका अधिकार सम्बन्धी दोस्रो समीक्षाका सुझावहरु र कार्यन्वयनको अवस्थाबारे प्रस्तुती दिँदै नेपालमा बालिका अधिकार सम्बन्धि नीतिहरु र हालको अवस्था, सिफारिश र सुझावहरु बारे छलफल गरेका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एचआरटिएमसि सिआरसि समितिका कृष्ण सुवेदीले राष्ट्रिय अस्मिता र अधिकार पुर्ति दुवैलाई ख्यालमा राखी प्रतिवेदन तयार गर्न सुझाव दिए । त्यसै गरी सिनेटका रविन नेपालीले वैकल्पिक स्याहार गृहमा रहेका बालिकाहरुको सवाल पनि समेटिनुपर्ने विचार व्यक्त गरेका थिए ।

सम्पुर्ण सहभागीहरुको सुझाव संकलन गर्न खुल्ला छलफल आयोजना गरिएको थियो । छलफलमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल , गुड नेबर्स इन्टरनेशनल नेपाल, प्लान इन्टरनेशनल, साथी, विश्वास नेपाल लगायतका प्रतिनिधिहरुले बालिकाहरुका स्वास्थ्य, वेचविखनमा परेका, मनोरञ्जन क्षेत्रमा सँलग्न, जातिय विभेद, अपाङ्गता भएको, समाजिक सुरक्षाका सेवा प्राप्त नगरेका बालिकाहरु, बाल मैत्री स्थानीय शासन इत्यादी सम्बन्धि आफ्नो भनाई राखेका थिए ।
कार्यकमको समापनमा आफ्नो मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष तथा बालिका अधिकारका लागि राष्ट्रिय् सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले किशोरीका सवालमा बोल्दै प्राप्त सुझावहरुलाई प्रतिवेदनमा समावेश गर्ने प्रतिवद्घता गरे ।















प्रतिक्रिया