१ कार्तिक २०८३, आइतबार

जनताको सम्पत्ति सुरक्षित गर्ने अभियानमा लागेका छौँ : मन्त्री अर्याल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, २३ फागुन । स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनाप नक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टिएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गरेका हुन् ।

त्यस अवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत समुद्घाटन गरेका हुन् । विशेष नापीको शुभारम्भ गर्दै मन्त्री अर्यालले स्याङ्जामा नाप नक्साका समस्या छन् ।

यो विशेष नापीले हिजोको नाप नक्सा गर्ने तरिकाका कारण आज समस्या भोग्दै आएका नागरिकहरुले राहत पाउने बताइन् । पुनः नापनक्सा हामीले ल्यायौँ । जो हिजो नापनक्सा गर्दा छुट्नुभएको छ । उहाँहरुले राहत पाउनुहुनेछ’, मन्त्री अर्यालले भने, ‘हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन् । यी सबै समस्याहरु समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौँ ।’

यो नापनक्सा डिजिटल प्रविधिको नापनक्सा भएको भन्दै मन्त्री अर्यालले टोटल स्टेशन भन्ने प्रविधिमार्फत अबको जग्गा नापेर त्यसको संरक्षण गरिने बताइन् ।

अर्को स्याटेलाइट इमेज र टोटल स्टेसनलाई मिसाउने हो भने मेरो जग्गाको नक्सा कुन् हो भनेर ठ्याक्कै छुट्याउन सकिने भन्दै मन्त्री अर्यालले पृथ्वीको शुक्ष्म अध्ययन गर्ने लाइडर सिस्टम पहिलोपटक यस वर्षदेखि शुरु गर्ने योजनामा रहेको बताइन् ।

धेरै उन्नतखालको प्रविधि प्रयोग गरेर जग्गाजमिनको नापनक्सा गर्ने अभियानमा रहेको भन्दै मन्त्री अर्यालले अब नापनक्सा सम्बन्धी समस्या नहुने बताइन् ।

अबको जग्गा प्रशासन पारदर्शी र सुशासनयुक्त हुने मन्त्री अर्यालले बताइन् । मन्त्रालयअन्तर्गतका कार्यालयको सेवा प्रवाहमा औँला उठेपछि सुशासनका पक्षमा काम गर्न प्रविधिको प्रयोग गरेर जानुपर्छ भन्ने मान्यताका आधारमा अगाडी बढेको उनले बताइन् ।

‘हामी सुशासनको संकल्पका साथ सेवा प्रवाहमा प्रविधिको प्रयोग गरेर अगाडी बढेका छौँ । प्रविधिको प्रयोग गर्दा केही समस्या आए तर अब त्यस्तो हुँदैन । कर्मचारीको पनि स्किल बढ्न थालेको छ र सर्भर डाउन हुने समस्यालाई पनि समाधान हुदै गएको छ’, मन्त्री अर्यालले भनिन् ।

सबै कार्यालयलाई डिजिटलाइज्ड गरेर जनताको सम्पत्ति संरक्षण गर्ने अभियानमा आफु रहेको भन्दै अर्यालले बताइन् । उनले भनिन्, ‘जनताको सम्पत्ति भूमि हो त्यो हाम्रो कार्यालयमा छ । हिजो के भयो बिर्सिदऊँ । अब यसको संरक्षण डिजिटल रुपमा गर्नुपर्छ । हामी त्यही अभियानमा लागेका छौँ ।’

हिजो चुनावमा गरेका संकल्पहरु पुरा गर्नका निम्ती संघको सरकार लागिरहेको भन्दै मन्त्री अर्यालले उद्योगग्राम, अस्पताल जस्ता पुर्वाधारहरु विकास गर्नका निम्ती प्रकृया अगाडी बढिसकेको बताइन् । जिल्लाको विकासका निम्ती समन्वयात्मक रुपमा शुरु गरेको भन्दै मन्त्री अर्यालले यसमा कसले के र्गयो वा गरेन भनेर कित्ताकाट गर्न जरुरी नभएको बताइन् ।’

हामी सल्लाह गरेरै काम गर्न लागेका छौँ । हाम्रो ठाउँको विकास गर्न लागेका छौँ । कामको थालनी गरेका छौँ’, मन्त्री अर्यालले भनिन्, ‘काम हुन्छन् । पैसाको कारण भएन भन्ने कुरा छैन । नगरौँ भन्ने हुँदैन । गर्दागर्दै कति काम गर्न सकिन्छ भन्ने कुरा हो ।’

मन्त्रालयका सचिव केदार न्यौपानेले स्याङ्जा जिल्लाबाट नेपालका अरु जिल्लाहरुले सिक्ने बताइन् । जिल्लाभर व्यवस्थित रुपले नापी सम्पन्न गर्न राजनीतिक अगुवा तथा जनप्रतिनिधिहरुले सहजिकरण गर्नुपर्ने बताइन् ।

टोटल स्टेशन (टिएस) मेशिनमार्फत अब स्याङ्जामा पुनः नापनक्सा कार्य हुनेछ । मेसिनको प्रयोगमार्फत जग्गाको डिटेलको कोअर्डिनेट तत्कालै दिनसकिने बताइएको छ ।

यसले करिब ५ देखि ८ किलोमिटर दुरिसम्मको रिडिङ गर्न सक्ने विशेष नापी कार्यालय पाल्पाका निमित्त नापी अधिकृत सोमप्रसाद गौतमले जानकारी दिइन् ।

१२० जना पुरा दरबन्दी पुरा भएमा ५/६ वर्षको अवधिमा जिल्लाभरको नापनक्सा सम्पन्न गरिसक्ने नापी अधिकृत गौतमले जानकारी दिइन् ।

विशेष नापी सम्पर्क कार्यालय वालिङ स्याङ्जाका टोली प्रमुख सुविन्द्र श्रेष्ठको नेतृत्वमा स्याङ्जा जिल्लाभरको जग्गाको नापनक्सा हुनेछ । यसको संयोजन भने विशेष नापी कार्यालय पाल्पाले गर्नेछ ।

भवनको बारेमा जानकारी दिँदै नापी कार्यालय वालिङका कार्यालय प्रमुख विवेक तिवारीले एक रोपणी चार आना जग्गामा आठ कोठाको पक्की भवन निर्माण गरिएको जानकारी दिइन् ।

कार्यालयमा सेवाग्राहीका लागि अपांगमैत्री शौचालय, प्रतिक्षालय, सबै सेवाग्राहीले बाहिरबाट पनि देख्नसक्ने कार्यालयका कक्षकहरु लगायतको व्यवस्था गरिएको प्रमुख तिवारीले जानकारी दिइन् ।