
काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएकोले हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार मिर्गौला दोस्रोपल्ट प्रत्यारोपण गरेका प्रधानमन्त्रीको सबै ल्याव सूचकहरु सामान्य रहेको र आजदेखि हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी गराए ।
त्यसैगरी प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।
















प्रतिक्रिया