१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरस : अमेरिकामा मृत्यु हुनेको संख्या १२ पुग्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन ।  कारोना भाइरसका कारण अमेरिकमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमा ११ जना वासिङ्टन राज्यका छन् ।

विभिन्न १६ राज्यमा २ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित संख्यामा वृद्धि हुन थालेपछि ह्वाइटहाउसले देशैभर कोभिड–१९ को परीक्षण विस्तार गर्ने घोषणा गरेको छ ।

संक्रमण नियन्त्रण तथा रोकथाममा सहयोग पुगोस् भनेर यसअघि वासिङ्टन र फ्लोरिडाले पनि आपत्‌काल घोषणा गरेका थिए ।

कोरोनाको त्रास फैलिएसँगै अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । कोभिड-१९ को प्रकोपको डरले अमेरिकाले विदेशी नागरिकको प्रवेशमा निकै कडाइ गरेको छ ।